इपान अध्यक्षले भेटे लिङ्देन

हिमाल प्रेस १३ चैत २०७९ ७:४६ | Monday, March 27, 2023
इपान अध्यक्षले भेटे लिङ्देन

काठमाडौँ- राप्रपाका अध्यक्ष एवं पूर्व ऊर्जामन्त्री राजेन्द्र लिङ्देनलाई भेट्न र विद्युत खरिद सम्झौताको प्रक्रिया अघि बढाएकोमा धन्यवाद ज्ञापन गर्न स्वतन्त्र उर्जा उत्पादक संघको टोली आज राप्रपा केन्द्रीय कार्यालयमा पुगेको छ ।

इपानका अध्यक्ष कृष्ण आचार्य नेतृत्वको टोलीले आज राप्रपा अध्यक्ष, निवर्तमान ऊर्जामन्त्री लिङ्देनसँग भेट गरी उनको छोटो कार्यकालमा विद्युत उत्पादनको क्षेत्रमा चमत्कारिक काम भएको र नेपाली लगानीकर्ता उत्साहित भएको बताए ।

अध्यक्ष लिङ्देन ऊर्जामन्त्री छँदा १५०० मेगावाटको विद्युत खरिद सम्झौताको प्रक्रिया अघि बढाएका थिए जुन विगत ४ वर्षदेखि रोकिएको थियो। विद्युत खरिद प्रक्रिया अवरुद्ध हुँदा लगानीकर्ता मर्कामा परिरहेका थिए।

उर्जा उत्पादक संघका टोलीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफ्नो छोटो कार्यकालमा उर्जा क्षेत्रका समस्याको पहिचान गरी त्यसको गाँठो फुकाउन आफूले इमानदार प्रयास गरेको बताए।

प्रकाशित: १३ चैत २०७९ ७:४६ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast