काठमाडौँ र भरतपुरमा पीईटी बोतल संकलन बिन राखिए

हिमाल प्रेस ९ चैत २०७९ २०:१४ | Thursday, March 23, 2023
काठमाडौँ र भरतपुरमा पीईटी बोतल संकलन बिन राखिए

काठमाडौँ- कोका–कोला नेपाल र डोको रिसाइक्लर्सले काठमाडौँ र भरतपुरमा पीईटी बोतल संकलन बिन राखिएका छन्। विश्व रिसाइक्लिङ दिवसको अवसरमा दुई संस्थाको संयुक्त पहलमा दुवै महानगरमा १५ वटा जानकारीमूलक पीईटी कलेक्सन बिनहरू राखिएका हुन्।

रिसाइकल प्रक्रियामार्फत पीईटी बोतलहरूलाई पुन प्रयोग गर्न सकिनेबारे जानकारी गराउने उद्देश्यले परियोजना सुरु गरिएको कोका–कोला नेपालले जानकारी दिएको छ।

अगस्ट २०२० मा स्थानीय अधिकारीहरूको सहयोगमा सुरु गरिएकोसंयुक्त परियोजना ‘रिफ्रेस एण्ड रिसायकल’ पीईटी बोतल संकलन अभियानको दोस्रो चरण हो।

धेरै मानिसको जमघट हुने र पीईटी बोतलहरू बढी फालिने काठमाडौँका ९ स्थान र भरतपुरका ६ स्थानमा संकलन बिन राखिने कम्पनीले बताएको छ। डोको रिसायकलर्सका सह–संस्थापक राघवेन्द्र महतोले ‘रिफ्रेस एण्ड रिसायकल २०२३’ एउटा परियोजना मात्र नभइ परिवर्तन भएको बताए।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपक सेन्थिलले कोका–कोलाले वल्र्ड विदाउट वेष्टको विश्वव्यापी प्रतिबद्धताका साथ विश्वभर विभिन्न रिसाइक्लिङ र पुनः प्रयोगसम्बन्धि परियोजनाहरू सञ्चालन गरिरहेको बताए। सन् २०३० सम्ममा विश्वभर आफ्नो प्याकेजिङको शतप्रतिशत बराबरको अन्य खाली बोतल र प्याकेजिङहरू संकलन र पुनः प्रयोग गर्ने प्रतिबद्धता रहेको उनको भनाइ थियो।

प्रकाशित: ९ चैत २०७९ २०:१४ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast