‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न

हिमाल प्रेस ७ चैत २०७९ १६:०२ | Tuesday, March 21, 2023
‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न

काठमाडौँ- होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरूको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको ‘होण्डा टेक्निसिएन स्किल कन्टेस्ट २०२३’ सम्पन्न गरेको छ।

कम्पनीका सवारीसाधन बिक्री गरेपछिको सेवाको स्तर उत्कृष्ट बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जानकारी दिएको छ।

स्याकार ट्रेडिङ कम्पनी सर्भिस डिभिजनको अगुवाईमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता गरिएको थिए। सोमार्फत प्रत्येक क्षेत्रबाट २-२ जना छनोट भई राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भएका थिए। क्षेत्रीय प्रतियोगितामार्फत काठमाडाैँबाट २ जना, विराटनगरबाट २ जना, जनकपुुरबाट २ जना, पोखराबाट २ जना र भैरहवाबाट २ जना छनोट भएका थिए।

राष्ट्रियस्तरको प्रतियोगिता ललितपुरको ग्वार्कोस्थित होण्डाको ट्रेनिङ सेन्टरमा गरिएको थियो। होण्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले विगतका वर्षहरूदेखि नै उक्त किसिमका कार्यक्रहरू गर्दै आएको छ। ‘यस प्रकारको प्रतियोगिताबाट टेक्निसियनहरूको कार्यदक्षता अभिवृद्धि हुनुको साथै आगामी दिनमा थप कार्यकुशलताका साथ अघि बढ्न प्रेरणा मिल्ने विश्वास गरिएको छ,’ कम्पनीले भनेको छ।

प्रतियोगितामा प्रथम द्वितीय तथा तृतीय हुनेले नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरे। प्रथम पुरस्कार बज्रअटो महराजगन्जका केशव गजुरेल, द्वितीय पुरस्कार एसटीसी पोखराका झलेन्द्र ईटानि र तृतीय पुरस्कार नौदेवी मोटर्स् विराटनगरका विनोद शर्माले पाए।

प्रकाशित: ७ चैत २०७९ १६:०२ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast