प्रचण्डलाई लिङ्देनको व्यंग्य- दुई महिनामा दुई पटक विश्‍वासको मत लिने भाग्यमानी प्रधानमन्त्री

हिमाल प्रेस ६ चैत २०७९ १५:४१ | Monday, March 20, 2023
प्रचण्डलाई लिङ्देनको व्यंग्य- दुई महिनामा दुई पटक विश्‍वासको मत लिने भाग्यमानी प्रधानमन्त्री

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भाग्यमानी प्रधानमन्त्री भन्दै व्यंग्य गरेका छन्।

सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘उहाँ भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ। दुई महिनामा दुई पटक विश्वासको मत लिने मौका प्राप्त गर्नुभएको छ। वैशाख १५/२० तिर फेरि यस्तै दिन नआओस् म कामना गर्न चाहन्छु,’ उनले भने। लिङ्देनले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताए।

प्रधानमन्त्री प्रचण्डलाई अहिले राप्रपाको विश्वासको मतको आवश्यक नभएको पनि उनले उल्लेख गरे। ‘हामीले फरक मत राखेर सरकारबाट हिँडेका हौं। त्यसैले तपाईंलाई विश्वासको मत दिन सकेनौं,’ उनले भने।

लिङ्देन प्रचण्ड नेतृत्वकै अघिल्लो सरकारमा उपप्रधानसहित ऊर्जामन्त्री बनेका थिए। तर राष्ट्रपति पदमा नेकपा एमालेले उम्मेदवार उठाउने पूर्वसहमति प्रचण्डले तोडेपछि एमालेसहित राप्रपा सरकारबाट हटेको थियो।

प्रकाशित: ६ चैत २०७९ १५:४१ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast