‘पुँजीवादको लगानीका लागि पुरस्कार र अवार्ड आयोजना हुन्छ’

हिमाल प्रेस ३ चैत २०७९ १९:२१ | Friday, March 17, 2023
‘पुँजीवादको लगानीका लागि पुरस्कार र अवार्ड आयोजना हुन्छ’

काठमाडौँ– चैत २ देखि सुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को दोस्रो दिन आज भुराजनीतिमा सिनेमाको भुमिका विषयक सेसन सम्पन्न भयो।

भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा सम्पन्न उक्त सेसनका प्रमुख वक्ताहरूमा चलचित्र निर्देशक प्रकाश सायमी, राजनीतिज्ञ डा. लीला न्याईच्याईं र प्रो.खड्ग केसी छन्। सेसनको संयोजन तथा प्रस्तुति सञ्चारकर्मी योगेश ढकालले गरे।

प्रकाश सायमी

हाम्रो कुरा हामीले भन्न जानेनौं। हामीले जहिल्यै सगरमाथा, बुद्ध र कुमारी भनेर बस्यौं। तर संसारले भने सृजना पस्किरहेको छ। र, आफूले चाहेको कुरा बेचिरहेको छ।

भारतको २२ औं राज्यको रूपमा सिक्किम बनेपछि भारतले डेनी डेनजोडपालाई हिरो बनायो। हिरो भनेको डेनीजस्तो हुन्छ र उसले हिन्दी बोल्छ भन्ने कुरा स्थापित गर्न यसो गरिएको थियो।

बोल्सेभिक क्रन्तिपछि रसियामा लेनिनले फिल्मलाई धेरै महत्त्व दिए। जसले संसारमा रसियन फिल्मलाई मात्र स्थापित गरेन उनीहरूका सोच र सिद्धान्त पनि सन्देशका रूपमा फिँझाउन सफल भए।

डा. लीला न्याइच्याईं

संसारमा नै सबैभन्दा शक्तिशाली माध्यम मिडिया हो। यसअर्थ स्वभाविक रूपमा संदेश प्रवाहको यस माध्यमलाई सबैले प्रयोग गर्छन् नै।
कसैले भनेको सुनेकी थिएँ, सिनेमा भनेको ध्वजाबहाक फिल्मजस्तै हो। अहिले बच्चाहरूले कि अंग्रेजी बोल्छन् कि हिन्दी। नेपाली भाषा बोल्यो भने कम जान्ने/बुझ्ने भन्ने बुझ्न थालिएको छ। म आफ्नो मातृभाषा बोल्छु, लेख्न गाह्रो छ। मेरा बच्चाहरूलाई बोल्नै गाह्रो छ। यो कसले गरायो?

प्रो. खड्ग केसी

फिल्म भनेको सफ्ट पावर हो। पुँजीवादको लगानीका लागि पुरस्कार र अवार्ड आयोजना हुन्छ। सेलिब्रेटी पनि सफ्टपावर हुन्। भारतप्रति सकारात्मक बनाउन त्यहाँका सेलिब्रेटीहरू सहायकसिद्ध हुने गरेका छन्।

हामीमा अध्ययन अनुसन्धानको कमी हुने धेरै कारण छन्। एउटा उदाहरण भन्छु- नेपालको २७ वर्ष बराबरको बजेट हवार्ड विश्वविद्यालयले १ वर्षमा खर्च गर्छ।

प्रकाशित: ३ चैत २०७९ १९:२१ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast