बाबुको किरिया बसेका सांसदले गरे मतदान

हिमाल प्रेस ३ चैत २०७९ १०:४३ | Friday, March 17, 2023
बाबुको किरिया बसेका सांसदले गरे मतदान

काठमाडौँ- बाबुको किरिया बसेका सांसद प्रकाश बरालले शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदान गरेका छन्।

नेपाली कांग्रेसबाट गण्डकी प्रदेशसभामा निर्वाचित बराल बुद्ध एअरको जहाज चढेर काठमाडौँ आएका थिए। उपराष्ट्रपति पदको निर्वाचनको लागि मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म तोकिएको छ ।

पोखरा २२ स्थायी घर भएका सांसद बरालका बाबु लोकराज बरालको ८२ वर्षको उमेरमा गत फागुन २६ मा निधन भएको थियो।

प्रकाशित: ३ चैत २०७९ १०:४३ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast