मुख्य प्रशिक्षक एनिसको तलब दक्षिण कोरियाले तिरिदिने

हिमाल प्रेस २ चैत २०७९ १२:३६ | Thursday, March 16, 2023
मुख्य प्रशिक्षक एनिसको तलब दक्षिण कोरियाले तिरिदिने

काठमाडौँ- दक्षिण कोरियाली फुटबल संघ (केएफए) ले नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको तलब तिर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई सहयोग गर्ने भएको छ। यो विषयमा दुई देशका संघबीच बिहीबार समझदारी भएको हो।

अफ्रिकी देश रवान्डामा जारी फिफा कंग्रेसको ‘साइडलाइन’ मा एन्फा महासचिव किरण राई र केएफए महासचिव हान्जिन चुनबीच मुख्य प्रशिक्षकको तलब तिर्न सहयोग गर्ने विषयमा समझदारी भएको बताइएको छ।

‘केएफएले एन्फालाई आर्थिक सहयोग गर्नेछ। त्यही सहयोगले मुख्य प्रशिक्षकको तलब व्यहोर्नेछ,’ एन्फाले भनेको छ।

इटालीका एनिसलाई एन्फाले गत फागुन १७ गते मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। एन्फाले उनलाई एक वर्षका लागि अनुबन्ध गरेको भए पनि तलब सम्झौताबारे आधिकारीक रुपमा केही खुलाएको छैन।

यसअघिका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको तलब कतार फुटबल संघले तिरिदिने गरेको थियो। अलमुतइरीलाई नेपालमा खाने–बस्ने सुविधा भने एन्फाले उपलब्ध गराएको थियो।

प्रकाशित: २ चैत २०७९ १२:३६ | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast