आइएमई पे र युनिमनीको ‘विन बिग क्याम्पेन’ सुरु

हिमाल प्रेस १ चैत २०७९ १९:३७ | Wednesday, March 15, 2023
आइएमई पे र युनिमनीको ‘विन बिग क्याम्पेन’ सुरु

काठमाडौँ- आइएमई डिजिटल सोलुसनद्वारा प्रवर्द्धित ‘आइएमई पे’ र मनी ट्रान्सफर युनिमनी एक्सचेञ्‍ज कतारबीच सम्झौता गरिएको छ। युनिमनीको ‘सेन्ड मनी अनलाईन एन्ड विन बिग’ क्याम्पेनमा प्रमोसन पार्टनरको रूपमा युनिमनीसँग सम्झौता गरिएको हो।

विन बिग क्याम्पेनमा सेवाग्राहीले ‘युनिमनि कतार’ मोबाइल एप वा युनिमनीको अनलाइन पोर्टलमार्फत आइएमईमा पैसा पठाउँदा विभिन्न उपहारहरू जित्नसक्ने छन्।

पैसा पठाउनेमध्ये भाग्यशाली १० जना विजेताले आईफोन १४ प्रो, पाँच जनाले सामसुङ ग्यालेक्सी एस२२ अल्ट्राका साथै ३० जनाले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी १०० ग्राम सुन जित्न सक्नेछन्। क्याम्पेनको अवधि चैत १ गतेदेखि जेठ १ गतेसम्म रहेको छ।

उक्त क्याम्पेनसँगै युनिमनी एक्सचेञ्‍ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा ५० रुपैयाँसम्मको बोनस पनि यथावत रहने बताइएको छ।

प्रकाशित: १ चैत २०७९ १९:३७ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast