यस्तो छ ‘बुलाकी’ को पहिलो गीत ‘नाच सुवा नाच’

हिमाल प्रेस २९ फागुन २०७९ १७:५७ | Monday, March 13, 2023
यस्तो छ ‘बुलाकी’ को पहिलो गीत ‘नाच सुवा नाच’

काठमाडौँ– सिडी विजय अधिकारी र रचना रिमालको स्वरमा ‘नाच सुवा नाच’ बोलको गीत सार्वजनिक भएको छ। यो ‘बुलाकी’ फिल्मको पहिलो गीत हो।

गीत गोबिन्द मधुर आचार्यको शब्द, संगीत संयोजन तथा निर्देशनमा तयार भएको छ।

लक्ष्मण सुनार निर्देशित यो फिल्म आगामी वैशाख १ गते प्रदर्शन हुनेछ। फिल्ममा कलाकार सुरक्षा पन्त, नरेन खड्का, बिराज बिष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, रमेश बुढाथोकीलगायतको अभिनय छ।

वैशाख १ गते एकैदिन अन्य ३ फिल्म प्रदर्शन हुनेछ। ती हुन्ः विकाशराज आचार्य निर्देशित ‘नाईं न भन्नु ल ६’, उपेन्द्र सुब्बाको निर्देशन रहेको ‘जारी’ र प्रवेश पौडेल निर्देशित ‘बिहे पास’।

प्रकाशित: २९ फागुन २०७९ १७:५७ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast