‘निफ’मा ‘बाघको बंगारा’ देखाइँदै

हिमाल प्रेस २९ फागुन २०७९ १०:०८ | Monday, March 13, 2023
‘निफ’मा ‘बाघको बंगारा’ देखाइँदै

काठमाडौँ- आगामी चैत २ गतेदेखि ६ सम्म हुने ‘नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) २०२३’ मा ‘हेर्ने कथा’ टोलीको ‘बाघको बंगारा’ देखाइने भएको छ।
काठमाडौँमा हुने निफको छैटौँ संस्करणमा ‘बाघको बंगारा’ देखाइने आयोजकले जनाएको छ।

आयोजकका अनुसार फिल्म चैत ४ शनिबार बेलुका पौने ७ बजे क्यूएफएक्स सिनेमाज अन्तर्गत उपत्यकाको सुन्धारास्थित सिभिल मल र भक्तपुरस्थित राधेराधे भाटभटेनीको हलमा हेर्न सकिनेछ।
फिल्म हेर्नको लागी ‘खल्ती एप’ बाट अनलाइन टिकट बुकिङ गर्न सकिनेछ। महोत्सवमा यस्तै अन्य ३५ देशका ९६ प्रतियोगी फिल्म प्रदर्शन हुनेछन्।

जसमा नेपालसहित बंगलादेश, इरान, चीन, भारत, जापान, ब्राजिल, अमेरिका, साउथ कोरिया, जर्मनी, क्यानडा, अस्ट्रेलिया, इजिप्ट, थाइल्यान्ड, रुस, फ्रान्सलगायतका देशका लामा र छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्म छनोट भएका छन्।

उक्त फिल्म क्यूएफएक्स सिनेमाज अन्तर्गत उपत्यकाको सुन्धारास्थित सिभिल मल, ठमेलमा रहेको छायाँ सेन्टर, पु्ल्चोकको लबिम मल र भक्तपुरस्थित राधेराधे भाटभटेनीको हलमा प्रदर्शन गरिनेछ।

छनोट भएका फिचर, छोटा, लामा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्मध्येबाट उत्कृष्ट सात विधामा १४ वटा फिल्म पुरस्कृत हुने आयोजकले जनाइएको छ।

प्रकाशित: २९ फागुन २०७९ १०:०८ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast