नेपाली महिला टिम एसियन कप छनोटको दोस्रो चरणमा

हिमाल प्रेस २८ फागुन २०७९ २१:१७ | Sunday, March 12, 2023
नेपाली महिला टिम एसियन कप छनोटको दोस्रो चरणमा

काठमाडौँ- नेपाल एएफसी अन्डर-२० वुमन्स एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ। नेपालले आइतबार राति नर्दन मारियाना आइल्यान्ड्समाथि ६–० को जित दर्ता गर्दै दोस्रो चरणका लागि स्थान पक्का गरेको हो।

प्यालेस्टाइनमा जारी पहिलो चरणको खेलमा नेपालले यसअघि घरेलु टिमलाई पनि ६-० ले नै पन्छाएको थियो। अल–रामस्थित फैसल अल-हुसेनी रंगशालामा नेपाललाई दोस्रो जित दिलाउन दीपा शाही र सराह ब्रजाचार्यले दुई–दुई गोल गरे। बाँकी दुई गोल भने सरस्वती हमालको नाममा रह्यो।

नेपालले पहिलो हाफमै पाँच गोल गरेको थियो। दीपाले चौथो मिनेटमा गोलको खाता खोलेकी थिइन्। त्यसको दुई मिनेटपछि सराहले अग्रता दोब्बर बनाइन्। दीपाले १९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा सरस्वतीले ३० औँ मिनेटमा नेपाललाई ४-० को स्थितिमा पुर्‍याइन्।

पहिलो हाफ सकिनै लाग्दा सराहले दोस्रो गोल गरेपछि नेपाली टिम ५-० ले अघि बढ्यो। नेपालले छैटौँ गोल गर्न भने पूरै ४५ मिनेट पखर्नु पर्‍यो। निर्धारित समय सकिएपछि थपिएको आतिरिक्त समयमा जेनिफर रानाले नेपालको अन्तिम गोल गरेकी थिइन्।

पहिलो खेलमा नेपालको जितमा दीपा एक्लैले चार गोल गरेकी थिइन्। बाँकी दुई गोल भने गरिमा राईले गरिन्।

मार्च, २०२४ मा हुने भनिएको उमेर समूहको महिला एसियन कप उज्वेकिस्तानले आयोजना गर्दैछ। जहाँ कुल आठ टिम सहभागी हुनेछन्।

आयोजक उज्वेकिस्तानबाहेक जापान, उत्तर कोरिया र दक्षिण कोरिया यो प्रतियोगिताका लागि छनोट भइसकेका छन्। गएको संस्करण (२०१९) को विजेता र उपविजेता बनेका जापान तथा उत्तर कोरियासँगै तेस्रो स्थानको दक्षिण कोरिया एसियन कपका लागि छानिइसकेका हुन्।

अब बाँकी चार स्थानका लागि आठ टिम भिड्नेछन्। पहिलो चरणबाट समूह विजेता बन्दै ती आठ टिम दोस्रो चरणमा पुग्ने हुन्। दोस्रो चरणमा आठ टिमलाई दुई समूहमा विभाजन गरिनेछ। ती दुई समूहका विजेता र उपविजेता अन्ततः एसियन कपमा छानिनेछन्।

प्रकाशित: २८ फागुन २०७९ २१:१७ | Sunday, March 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast