‘बहाव’को पहिलो गीत ‘मन रोग’ सार्वजनिक

हिमाल प्रेस २८ फागुन २०७९ १५:३९ | Sunday, March 12, 2023
‘बहाव’को पहिलो गीत ‘मन रोग’ सार्वजनिक

काठमाडौँ- अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल मुख्य भूमिकामा रहेको फिल्म ‘बहाव’को पहिलो गीत ‘यो मन रोग’ सार्वजनिक भएको छ। गीतमा सज्जा चौलागाईंको स्वर, सुषमा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत रहेको छ।

गीत फिल्मकी प्रमुख पात्र सुरक्षा वरपर घुमेको छ। उनलाई गीतको भावअनुसार प्रस्तुत गरिएको छ। गीतको दृश्य पृष्ठभूमिमा पानीको बहावलाई राखिएको छ।फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ। निर्देशक कँडेलले गीतमा देखाइएको पानीको बहावजस्तै कथाले पनि प्रमुख पात्र सुरक्षाको जीवनमा आउने बहावलाई देखाएको बताएका छन्।

‘बहाव नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह हो,’ उनले भने, ‘यसमा सुरक्षा र कमलमणिबीचको अन्तद्र्वन्द्वपछिको विद्रोहलाई सुरक्षामार्फत देखाउने प्रयास गरेका छौँ।’ फिल्म आगामी चैत २४ मा प्रदर्शनमा आउनेछ। फिल्मको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित छ।

अभिनेत्री सुरक्षा पन्तले जिज्ञासाका साथ जीवन जिउने व्यक्ति विभिन्न उतारचढावका परिस्थितिहरूबाट गुज्रिएको अवस्थामा त्यसबाट अघि बढ्दा आउने हलचललाई कसरी सन्तुलित रूपमा अगाडि बढाउन सकिन्छ भन्ने कथा देखाइएको बताइन्।

फिल्मका निर्माता श्रीधर पौडेल हुन् । उनले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए। फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ।

प्रकाशित: २८ फागुन २०७९ १५:३९ | Sunday, March 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast