आइएमई अटोमोटिभ्सद्वारा ‘महिला सशक्तीकरण अभियान’ सुरु

हिमाल प्रेस २५ फागुन २०७९ २०:३५
2
SHARE
आइएमई अटोमोटिभ्सद्वारा ‘महिला सशक्तीकरण अभियान’ सुरु

काठमाडौँ- आइएमई अटोमोटिभ्सले महिला सशक्तीकरणका लागि नयाँ अभियान सुरु गरेको छ। एस्कर्ट्सको नेपालका लागि आधिकारिक विक्रेता रहेको आइएमई अटोमोटिभ्सले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अभियान सुरु गरेको हो।

अभियानअन्तर्गत आइएमईले महिलालाई सैद्धान्तिक एवम् व्यावहारिक ज्ञान केन्द्रित निःशुल्क तालिम दिने भएको छ। तालिममार्फत महिलाहरूलाई ब्याकहोलोडर चलाउन सीप सिकाएर सवारीसाधनको इजाजतपत्र प्राप्त गर्न मद्दत पुर्‍याउने लक्ष्य लिइएको आइएमईले अटोटिभ्सले जानकारी दिएको छ।

साथै तालिमले सम्बन्धित क्षेत्रमा सुरक्षित रोजगारीका अवसरहरू खोज्न मद्दत गर्ने पनि आइएमईको भनाइ छ। ‘यस्ता अभियानहरूले महिला सशक्तीकरणमा जोड दिँदै परम्परागत मान्यतामा परिवर्तन आउने कम्पनीले विश्वास लिएको छ,’ आइएमई अटोमोटिभ्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आइएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले निर्माण उद्योगमा महिलाहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए। ‘निःशुल्क तालिम दिएर महिलाहरूलाई सशक्तीकरण गर्ने र उनीहरूलाई सफल हुन आवश्यक पर्ने उपकरणहरू उपलब्ध गराउने आशा गर्छौँ,’ उनले भने।

उक्त अभियानमा सबै पृष्ठभूमि र उमेरका महिलाले सहभागी हुन पाउने उनको भनाइ छ।

प्रकाशित: २५ फागुन २०७९ २०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =