पराशर क्षेत्र संरक्षणमा कठिनाइ

हिमाल प्रेस २३ फागुन २०७९ १३:०६
2
SHARE
पराशर क्षेत्र संरक्षणमा कठिनाइ

दमौली- धार्मिकस्थल महर्षि पराशर तपोभूमि एवं पराशर क्षेत्रको संरक्षणमा कठिनाइ भएको छ। दमौलीस्थित मादीसेतीको संगमस्थल नजिकै यो क्षेत्र रहेको छ।

धार्मिक क्षेत्रको संरक्षण गर्न कुनै पनि निकायले चासो नदिँदा पराशरको धार्मिक इतिहास भविष्यमा मेटिन सक्ने पराशर संरक्षण समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार यहाँ बनाइएका योजना पूरा गर्न कुनै पनि निकायले चासो नदिँदा समस्या परेको हो।

‘पराशर क्षेत्र मादी नदीको किनारमा रहेकाले बाढीपहिराको जोखिममा छ, यो ठाउँ सुरक्षित राख्न विभिन्न निकायसमक्ष सहयोगको अपिल गरिए पनि सहयोग नपाउँदा सकस भएको छ’, अध्यक्ष श्रेष्ठले भने। पराशर क्षेत्रका भौतिक संरचनाको संरक्षण गर्न मादी नदी किनारतर्फ पर्खाल र तारबार गर्न आवश्यक छ। ‘तर, यसको संरक्षणमा कुनै निकायको सहयोग छैन’, उनले भने।

पराशर क्षेत्रमा महर्षि वेदव्यास वेदविद्याश्रम (गुरुकुल संस्कृत विद्यालय) सञ्चालन गरिएको छ। ‘गुरुकुलको माथिल्लो तल्लामा ध्यान कक्ष बनाएर यहाँबाट संस्कार, संस्कृति र नैतिक शिक्षा प्रदान गर्ने स्थल बनाउने उद्देश्य पूरा हुनसकेको छैन’, श्रेष्ठले भने। यहाँबाट दमौली तथा जिल्लाका बटुक बस्न तथा संस्कृत पठनपाठनका लागि नआउँदा यसको संरक्षण कठिन भएको बताइएको छ।

सहजरूपमा पराशर पार्क पुग्न झोलुंगे पुल बनाइएको छ। पुलबाट दैनिक पर्यटकसँगै व्यास नगरपालिका-५ का पाटनवासीलाई दमौली बजारबाट सामान लिन आवतजावतमा सहज भएको छ।

पराशर क्षेत्रको संरक्षण तथा पर्यटक आकर्षण गर्न पराशर क्षेत्रमा पार्क निर्माण थाले पनि अहिले अलपत्र छ। नगरपालिकाले सदरमुकाम दमौलीमा धार्मिक पर्यटक बढाउन पराशर पार्क निर्माण थालेको थियो। तर, अहिले काम अघि बढ्न सकेको छैन।

चार वेद र १८ पुराणका रचयिता व्यासको पार्क नजिकै गुफामा जन्म भएको जनविश्वास छ‍। पराशर क्षेत्र परिसरमा नै सञ्चालनमा रहेको गुरुकुलसमेत पूर्णरुपमा बन्न सकेको छैन।

प्रकाशित: २३ फागुन २०७९ १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 11 =