नेपालमै टायल उत्पादन गर्न मुरारका ग्रूप र सोमानी सेरामिक्सबीच सम्झौता

हिमाल प्रेस १५ फागुन २०७९ २०:११ | Monday, February 27, 2023
नेपालमै टायल उत्पादन गर्न मुरारका ग्रूप र सोमानी सेरामिक्सबीच सम्झौता

काठमाडौँ- मुरारका ग्रूपले टायल उत्पादनको तयारी थालेको छ। भारतको सोमानी सेरामिक्ससँगको सहकार्यमा मुरारका ग्रूपले टायल उत्पादन गर्ने भएको हो। दुई समूहको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्न सोमबार सम्झौता गरिएको छ। ‘मुरारका ग्रूप र सोमानीबीचको संयुक्त उद्यमले नेपालमा करिब ३ मिलियन स्क्वाएर मिटर वार्षिक क्षमताको टायल उत्पादन केन्द्र सञ्चालन गरिनेछ’ सम्झौतापछि जारी विज्ञप्तिमा उल्लेख छ।

मुरारका ग्रुुपका प्रबन्ध निर्देशक पशुपति मुरारकाले मुरारका ग्रूप आफ्ना ग्राहकहरूलाई सदैव गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्न प्रतिबद्ध रहेको बताए। सोमानीसँगको सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टायलको आवश्यकता परिपुर्ति गर्ने विश्वास लिइएको उनको भनाइ छ। साथै नेपालमै रोजगारीको सिर्जना गरिने उनले बताए।

त्यस्तै सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक एवं सीईओ अभिषेक सोमानीले नेपालको प्रतिष्ठित व्यवसायिक घराना मुरारका ग्रूपसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त उच्च गुणस्तरको टायल उत्पादन तथा आपूर्ति गर्दै आएको उनको भनाइ छ।

प्रकाशित: १५ फागुन २०७९ २०:११ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast