हुण्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर

हिमाल प्रेस १५ फागुन २०७९ १२:३१ | Monday, February 27, 2023
हुण्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर

काठमाडौँ- नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडीमा एक्सचेन्ज अफर घोषणा गरेको छ।

हुन्डाईले ‘अपग्रेड युअर इलेक्ट्रिक जर्नी विथ आयोनिक ५’ एक्सचेन्ज अफर सुरु गरेको हो। यसअन्तर्गत ग्राहकले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई हुन्डाईको विद्युतीय गाडी कोना वा आयोनिकसँग साट्न सक्नेछन्।

योजनामा कोनाको न्यूनतम एक्सचेन्ज मूल्यांकन ४० लाख रुपैयाँ कायम गरिएको छ। कम्पनीले देशभर १७ डिलर, १९ सर्भिस सेन्टरसहित ४० वटा चार्जिङ स्टेशन सञ्चालन गरिरहेको छ।

प्रकाशित: १५ फागुन २०७९ १२:३१ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast