कागेश्वरीमा धार्मिक पर्यटन महोत्सव हुने

हिमाल प्रेस १२ फागुन २०७९ १६:३८ | Friday, February 24, 2023
कागेश्वरीमा धार्मिक पर्यटन महोत्सव हुने

काठमाडौँ- तीर्थस्थल कागेश्वरी मन्दिरमा धार्मिक पर्यटन महोत्सव हुने भएकाे छ। कागेश्वरी मन्दिर व्यवस्थापन एवं पर्यटन समितिले फागुन २१ गतेदेखि ‘श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ/विराट धार्मिक पर्यटन महोत्सव’ आयोजना गर्न लागेको हो।

महोत्सवमा विशाल कलशयात्रीहरूलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ। सो दिन सहभागी कलश कलशयात्रीहरूलाई हेलिकप्टरबाट पुष्पबृष्टि गरिने योजना रहेको आयोजकको भनाइ छ। त्यस्तै महायज्ञ एवंम महोत्सवमा बढीभन्दा बढी भक्तजन भित्र्याउन प्रचारप्रसार तिब्र पारिएको छ।

महोत्सवमा ख्याति प्राप्त कलाकारहरूबाट भजन कीर्तन एवं झाक्रीहरू प्रस्तुत गरिनेछ। महोत्सव फागुन २९ गतेसम्म चल्नेछ। कागेश्वरी मन्दिर पशुपतिनाथ मन्दिरबाट पूर्वीउत्तरतर्फ पर्छ।

प्रकाशित: १२ फागुन २०७९ १६:३८ | Friday, February 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast