काठमाडौँ- केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप बिहीबार(आज)देखि सुरु हुँदैछ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे सुरु हुनेछ। उद्घाटन अघि सांस्कृतिक कार्यक्रम हुनेछ।
च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लव र सातदोबाटो युथ क्लब भिड्ने छन्।
प्रतियोगितामा ए डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिष्पर्धा गर्नेछन्।
प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइनेछ। तियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई समान ५०-५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । ‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन्। एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ ।
आयोजकले प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार तथा हरेक खेलको म्यान अफ द म्याचलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने बताएको हो ।