बौद्धनाथ परिसरमा ग्याल्पो ल्होसार [फोटो फिचर]

दिपेश श्रेष्ठ ९ फागुन २०७९ १८:३८ | Tuesday, February 21, 2023
बौद्धनाथ परिसरमा ग्याल्पो ल्होसार [फोटो फिचर]

काठमाडौँ- यसवर्ष पनि शेर्पा समुदायले ग्याल्पो ल्होसार विभिन्न कार्यक्रम गरी मनाएका छन्। हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिनलाई नयाँ वर्षको रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँछन्। विभिन्न कार्यक्रम गरी नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५० औं ग्याल्पो ल्होसार मनाएका हुन्।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रुपमा ग्याल्पो ल्होसार मनाइन्छ। ग्याल्पो ल्होसारको अवसरमा डोल्पा समुदायले काठमाडौंमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा हिमाली भेगको कला संस्कृति झल्कने नाँचगान गरिएको थियो भने डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौ औतारी लामालगायतले राजा रानाग आश्चर्यजनक जीवनी पुस्तक लोकार्पण गरे।

पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतको सरसफाइ गर्ने, घरको छतलगायत गुम्बा र चैत्यमा नयाँ ध्वजा राख्ने, गुथुक र खाप्सेजस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई भाग लगाइएको छ। हिमाली भोटका शेर्पालगायत समुदायले मनाउने ग्याल्पो ल्होसार अहिले २२ जिल्लामा मनाइन्छ। काठमाडौँमा पनि विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार मनाइएको छ। काठमाडौंको बौद्धनाथ, स्वयम्भू परिसरमा शेर्पा समुदायले विभिन्न कार्यक्रम तथा पूजा गरेर ल्होसार मनाएका छन्।

 ल्होसारमा यस्तो देखियो हेर्नुस् बौद्धनाथ परिसर 

 

प्रकाशित: ९ फागुन २०७९ १८:३८ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast