ग्याल्पो ल्होसार पर्वले आपसी सद्गर्न सहयोग पुग्ने विश्वास लिएको छु : अध्यक्ष तिमिल्सिना

हिमाल प्रेस ९ फागुन २०७९ ७:४१ | Tuesday, February 21, 2023
ग्याल्पो ल्होसार पर्वले आपसी सद्गर्न सहयोग पुग्ने विश्वास लिएको छु : अध्यक्ष तिमिल्सिना

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ग्याल्पो ल्होसार पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावनालाई प्रवर्द्धन गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

शेर्पा समुदायको महान पर्व ग्याल्पो ल्होसार–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सु–स्वास्थ्य, सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उनले ग्याल्पो ल्होसार पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने पर्वका साथै सम्पूर्ण नेपालीबीच साझापन र हार्दिकताको एक उदाहरण हो, भनेका छन्।

नेपालको हिमालीलगायत विभिन्न क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय एवं बौद्धमार्गी समुदायको विशेष पर्वका रूपमा प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिनग्याल्पो ल्होसार मनाउने गरिन्छ।

यस पर्वमा शेर्पालगायत अन्य हिमाली समुदायको पनि समभाव रहेको पाइन्छ। यस पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोल, बाटोघाटो, पानीका मूलको सरसफाइ गर्ने, नयाँ–नयाँ खानेकुरा खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ।

सन्देशमा भनिएको छ, ‘विविध जातजाति र समुदायको साझा फूलबारीको रूपमा रहेको नेपालमा ग्याल्पो ल्होसारजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, धार्मिक, जातीय र भाषिक सम्मान तथा संरक्षण गर्दै सामाजिक सद्भाव अभिवृद्धिमा योगदान गर्नुका साथै नेपालीको मौलिक पहिचान कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन्।’

प्रकाशित: ९ फागुन २०७९ ७:४१ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast