नेपाल र भारतबीचको दोस्रो खेल पनि बराबर

हिमाल प्रेस ६ फागुन २०७९ २१:२५ | Saturday, February 18, 2023
नेपाल र भारतबीचको दोस्रो खेल पनि बराबर फाइल फाेटाे

काठमाडौँ- नेपाल र भारतको महिला राष्ट्रिय टिमबीचको दोस्रो मैत्रीपूर्ण खेल पनि बराबरीका टुंगिएको छ। भारतको चेन्नाईस्थित जवहारलाल नेहरु रंगशालामा शनिबार राति भएको खेलमा दुवै टिमले गोल गर्न सकेनन्।

भारतले दुवै हाफमा गोल गर्ने निकै अवसर पाएको थियो। तर भारतका सबै आक्रमण नेपाली रक्षापंक्तिले निस्तेज पारेको थियो। विशेषगरी गोलरक्षक तथा कप्तान अन्जिला सुब्बाको प्रदर्शन तारिफयोग्य रह्यो।

गत बुधबार पनि यी दुई टिम आमनेसामने भएका थिए। जवहारलाल नेहरु रंगशालामै भएको सो खेल २–२ को बराबरीमा सकिएको थियो। ९० औँ मिनेटसम्म दुई गोलले पछि परेको नेपालले लगातार दुई गोल फर्काएको थियो। ती दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन्।

ओलिम्पिक २०२४ को तयारीमा रहेका नेपाल दुई मैत्रीपूर्ण खेलका लागि भारत पुगेको थियो। भारतको दक्षिणी सहर चेन्नाईमा १५ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल फर्किएको हो।

प्रकाशित: ६ फागुन २०७९ २१:२५ | Saturday, February 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast