गण्डकीका तीन जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

हिमाल प्रेस ५ फागुन २०७९ ८:४४ | Friday, February 17, 2023
गण्डकीका तीन जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

काठमाडौँ- गण्डकी प्रदेशका ३ जिल्लामा १४औँ चरणमा राष्ट्रिय हात्तीपाइले रोग विरुद्धको आम औषिध सेवन अभियान फाल्गुण ११ मा सुरु हुँदैछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा स्वास्थ्य सेवा विभाग स्तरको निर्णयअनुसार लमजुङ, पर्वत र बागलुङमा औषधि सेवन गराइने भएको हो।

जस अन्तर्गत आम औषधि सेवनका लागि लमजुङमा १ लाख ४९हजार ५ सय २१ जना, पर्वतमा १ लाख २८हजार ८ सय ७४ जना तथा बागलुङमा २ लाख ४६ हजार ६ सय ४६जना गरी जम्मा ५ लाख २५ हजार ४१ जनालाई औषधि खुवाउने लक्ष्य रहेको छ।

नेपालमा सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य तथा रणनीति अनुरूप नेपाल सरकारद्वारा सबै हात्तीपाइले रोग प्रभावित जिल्लाहरूमा यस रोगलाई जनस्वास्थ्यको समस्याको रूपमा रहन नदिन, आम औषधि सेवन अभियान कार्यक्रम सञ्चालन हुँदै आएको छ।

प्रकाशित: ५ फागुन २०७९ ८:४४ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast