काठमाडौँ- नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई उपचारका लागि भारतका अस्पतालमा लैजान कीर्तिपुर अस्पतालले सिफारिस गरेको छ।
बुधबार राति ग्यास सिलिन्डर पड्केर गम्भीर घाइते भएका भण्डारी र उनकी आमालाई अस्पतालले स्रोतसाधन भएको सुविधायुक्त अस्पतालमा उपचारमा तत्काल लैजान अनुरोध गरेको हो।
अस्पतालका अनुसार नेता भण्डारीको अनुहार, हात र खुट्टामा जलेको छ भने उनकी आमाको शरीरको अधिकांश भागमा जलेको छ। भण्डारीको ३० प्रतिशत भाग र उनकी आमाको ७० प्रतिशत भाग जलेको छ। घाइते भएपछि राति नै उनीहरूलाई कीर्तिपुर अस्पताल पुर्याइएकी थियो। अन्य विभिन्न अस्पताल पुर्याएर उपचार सम्भव नभएपछि राति १० : ३० मा कीर्तिपुर पुर्याइएकी हो।
प्रकाशित: ४ फागुन २०७९ ९:३९
प्रतिक्रिया