फ्लाइओभरको कामले बढायो ट्राफिक जाम [तस्बिरहरू]

दिपेश श्रेष्ठ ३ फागुन २०७९ १४:५२ | Wednesday, February 15, 2023
फ्लाइओभरको कामले बढायो ट्राफिक जाम [तस्बिरहरू]

काठमाडौँ- ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण सुरु भएसँगै सडकमा ट्राफिम जाम बढ्न थालेको छ। ग्वार्को चोकमा गत शनिबारबाट फ्लाइओभर निर्माणको काम सुरु भएको हो।

फ्लाइओभरको काम नसकुञ्जेलसम्म बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपांग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपांग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिएको छ। तर, पनि जाम भने कम भएको छैन।

चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलंकीसम्म मुख्य जाम हुने तीन ठाउँमा ‘फ्लाइओभर’ निर्माण गरिँदैछ। सोही योजनाअनुसार ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण गर्न लागिएको हो।

ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ। ६ मिटर उचाइ हुने फ्लाइओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ।

कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारीसाधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्‍याम्प निर्माण गरिनेछ।

प्रकाशित: ३ फागुन २०७९ १४:५२ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast