टर्कीका भूकम्प पीडितलाई नेपाल उद्योग वाणिज्य महासंघको सहयोग

हिमाल प्रेस २ फागुन २०७९ १८:३९ | Tuesday, February 14, 2023
टर्कीका भूकम्प पीडितलाई नेपाल उद्योग वाणिज्य महासंघको सहयोग

काठमाडौं– केही दिनअघि गएको भूकम्पबाट प्रभावित टर्कीका नागरिकलाई नेपाल उद्योग वाणिज्य महासंघले सहयोग गरेको छ। महासंघले टर्कीलाई सहायता उपलब्ध गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायता स्थललाई विभिन्न सामग्री हस्तान्तरण गरेको हो। ‘प्रभावित क्षेत्रमा पठाउनका लागि महासंघकातर्फबाट गृह मन्त्रालय, राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको त्रिभुवन विमानस्थलस्थित मानवीय सहायता स्थललाई सहायता सामग्री हस्तान्तरण गरिएको हो’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

महासंघका अनुसार टर्कीका भूकम्प पीडितलाई ज्याकेट, टाउजर, स्लीपीङ ब्याग, सेनेटरी प्याड, डाइपर, मेडिकल ग्लब्स, ब्याण्डेज, अक्सिजन मास्क, क्यानुला, स्कीन सेटप्लर र आइभी सेटलगायतका सामग्री सहयोग गरिएको छ।

महासंघले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राकृतिक विपत्तिमा परेका नागरिकलाई सहयोग गर्दै आएको छ।

प्रकाशित: २ फागुन २०७९ १८:३९ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast