भीष्मराजले बोलाए कांग्रेस संसदीय दलको बैठक, के छन् एजेन्डा?

हिमाल प्रेस १६ कार्तिक २०८३ ७:१९ | Monday, November 2, 2026
4
SHARES
भीष्मराजले बोलाए कांग्रेस संसदीय दलको बैठक, के छन् एजेन्डा? प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे।फाइल तस्बिर

काठमाडौँ– पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज सोमबार बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको कांग्रेसका एक सांसदले जानकारी दिए ।

दलकी प्रमुख सचेतक बासना थापाका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, पत्रकारमाथि राज्यको बढ्दो ज्यादती, कर्मचारीमाथि सिर्जना गरिएको त्रासदी तथा संसदीय दल र पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल हुनेछ ।

यस्तै, सर्वोच्च अदालतका न्यायाधीशहरूलाई विवादमा तान्ने गरी आएको इनम सापकोटा प्रकरण लगायतबारे बैठकमा छलफल हुनेछ ।

संसदीय दलको बैठकपछि कांग्रेसले संसद्का विपक्षी दलसँगको बैठक राखेको छ । संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारका पछिल्ला स्वेच्छाचारी निर्णयकाबारे विपक्षी दलको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्ने बताए ।

आइतबार मात्र कांग्रेस सभापति गगन थापाले सरकारको स्वेच्छचारीताविरुद्ध कांग्रेस मौन नबस्ने चेतावनी दिएका थिए ।

प्रकाशित: १६ कार्तिक २०८३ ७:१९ | Monday, November 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast