सिन्धुलीमा टिपर दुर्घटना हुँदा चार घाइते, २ को अवस्था गम्भीर

हिमाल प्रेस १६ कार्तिक २०८३ ७:१० | Monday, November 2, 2026
4
SHARES
सिन्धुलीमा टिपर दुर्घटना हुँदा चार घाइते, २ को अवस्था गम्भीर

काठमाडौँ–  सिन्धुलीमा टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

फिक्कल गाउँपालिका–६ तीनखण्डेस्थित मध्यपहाडी लोकमार्गमा आइतबार साँझ घुर्मीदेखि खाङसाङतर्फ आउँदै गरेको मधेश प्रदेश ०१-००१ ख ०६४७ नम्बरको टिपर दुर्घटनामा परेको हो।

टिपर अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। टिपरमा चालकसहित चार जना सवार थिए।

घाइतेहरूलाई उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ केयरमा पठाइएको छ।

घटनास्थलमा प्रहरी चौकी रत्नावतीबाट प्रहरी सहायक निरीक्षक राजकुमार माझी थारूको कमान्डमा प्रहरी टोली गएर घाइतेको उद्धार गरेको थियो।

घाइतेहरूको विवरण
१. जिल्ला ओखलढुङ्गा, मानेभञ्ज्याङ गाउँपालिका–७, टक्सार बस्ने वर्ष २९ का चालक महेश कटेलको टाउको तथा शरीरमा चोट लागेको, अवस्था गम्भीर।

२. जिल्ला सिन्धुली, फिक्कल गाउँपालिका–५ बस्ने वर्ष २९ का माधव लुइँटेलको टाउको तथा शरीरमा चोट लागेको, अवस्था गम्भीर।

३. जिल्ला उदयपुर, कटारी नगरपालिका–१४, बोटेनी बस्ने वर्ष २६ का दीपक जोशीको टाउको तथा शरीरमा चोट लागेको, अवस्था मध्यम।

४. जिल्ला सिन्धुली, दुधौली नगरपालिका–१४, काभ्रे बस्ने वर्ष २८ का हरि बानियाँको टाउको तथा शरीरमा चोट लागेको, अवस्था मध्यम।

प्रकाशित: १६ कार्तिक २०८३ ७:१० | Monday, November 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast