हालान्ड बेन्चमा बसेको खेलमा चम्किए फोडेन, एथेन्समाथि सिटीको ५ गोल

हिमाल प्रेस ४ कार्तिक २०८३ ८:३७ | Wednesday, October 21, 2026
10
SHARES
हालान्ड बेन्चमा बसेको खेलमा चम्किए फोडेन, एथेन्समाथि सिटीको ५ गोल

काठमाडौँ- म्यानचेस्टर सिटीले यूईएफए च्याम्पियन्स लिगमा एईके एथेन्सलाई ५–१ गोलले पराजित गरेको छ।

बुधबार बिहान सम्पन्न खेलमा सिटीले घरेलु मैदानमा प्रभावशाली प्रदर्शन गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। सिटीीका लागि फिल

फोडेनको उत्कृष्ट ह्याट्रिक गोल प्रहार गरे।

प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा सिटीले घरेलु मैदानमा च्याम्पियन्स लिगको पहिलो जितसमेत दर्ता गर्‍यो।

सिटीलाई जित दिलाउने क्रममा फोडेनले तीन गोल गरे। इलियट एन्डरसन र रयान चेर्कीले एक-एक गोल थपे। एईके एथेन्सका स्ताभ्रोस पिलियोसले एक गोल फर्काए।

खेलमा एन्डरसनले सिटीका लागि आफ्नो पहिलो क्लब गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि फोडेनले रिको लुइससँगको उत्कृष्ट तालमेलमा गोल गर्दै पहिलो हाफमै सिटीको अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा पिलियोसले एईकेका लागि गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए।

तर चेर्कीले सिटीको अग्रता पुनः दुई गोलमा पुर्‍याए। त्यसपछि फोडेनले थप दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र सिटीको जित ५–१ ले सुनिश्चित गरे।

एर्लिङ हालान्डको अनुपस्थितिमा फोडेनले आक्रमणको जिम्मेवारी उत्कृष्ट ढंगले सम्हाले।

उनले तीन गोल गर्नुका साथै एक गोलमा सहयोगसमेत गरे। यो उनको करिअरको सबै प्रतियोगितामा चौथो ह्याट्रिक हो।

गत साता घरेलु मैदानमै पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग ४–२ ले पराजित भएको सिटीले यस जितसँगै प्रभावशाली पुनरागमन गरेको छ।

अब सिटीले च्याम्पियन्स लिगमा आरबी लाइपजिगसँग खेल्नेछ। एईके एथेन्सले भने घरेलु मैदानमा रियल म्याड्रिडको सामना गर्नेछ।

प्रकाशित: ४ कार्तिक २०८३ ८:३७ | Wednesday, October 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast