कति छ डलरको भाउ?

हिमाल प्रेस ४ कार्तिक २०८३ ६:३१ | Wednesday, October 21, 2026
2
SHARE
कति छ डलरको भाउ?

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज कात्तिक ४ गते (अक्टोबर २१) का लागि विदेशी मुद्राहरूको विनिमयदर तोकेको छ।

राष्ट्र बैंकले आजका लागि पनि अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५९ पैसा कायम गरेको छ भने बिक्रीदर १५२ रुपैयाँ १९ पैसा तोकेको छ।

यस्तै आज साउदी अरेबियन रियालको मूल्य पनि मंगलबारजस्तै १ को खरिददर ४० रुपैयाँ ४१ पैसा र खरिददर ४० रुपैयाँ ५७ पैसा कायम गरिएको छ।

चिनियाँ युआनको मूल्य पनि मंगलाबरकै यथावत् छ अर्थात् १ को खरिददर २२ रुपैयाँ ७० पैसा, बिक्रीदर २२ रुपैयाँ ७९ पैसा छ।

आज युरोपियन युरोको भाउ भने बढाइएको छ। आज युरोपियन युरो १ को खरिददर १७० रुपैयाँ २ पैसा र बिक्रीदर १७० रुपैयाँ ६९ पैसा छ। मंगलबार युरोपियन युरो १ को खरिददर १६९ रुपैयाँ ९० पैसा छ भने बिक्रीदर १७० रुपैयाँ ५७ पैसा थियो।

यसैगरी आज यूके पाउन्ड स्टर्लिङ १ को खरिददर २०२ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०३ रुपैयाँ १८ पैसा तोकिएको छ। मंगलबार खरिददर २०२ रुपैयाँ २ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८२ पैसा थियो।

अस्ट्रेलियन डलरको भाउ पनि केही बढेको छ। जसअनुसार आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ। मंगलबार यसको खरिददर १०५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०६ रुपैयाँ २४ पैसा थियो।

लगातार २ दिन बढेको क्यानेडियन डलरको भाउ भने केही घटेको छ। आज क्यानेडियन डलर १ को खरिददर १०७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०८ रुपैयाँ २७ पैसा छ।

सिंगारपुर डलर र जापानी येनको विनिमय दर भने मंगलबारको तुलनामा आज केही बढेको छ।

आज सिंगापुर डलर १ को खरिददर ११८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४ पैसा छ। मंगलबार सिंगापुर डलर १ को खरिददर ११८ रुपैयाँ ४६ पैसा र खरिददर ११८ रुपैयाँ ९३ पैसा थियो।

यस्तै आज जापानी येन १० को खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा कायम गरिएको छ। मंगलबार खरिददर ९ रुपैयाँ ५८ पैसा र खरिददर ९ रुपैयाँ ६२ पैसा थियो।

 

प्रकाशित: ४ कार्तिक २०८३ ६:३१ | Wednesday, October 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast