पोर्चुगल फुटबल टोलीले किन गर्यो रोनाल्डोलाई यति धेरै जरिवाना र ३० दिनको निलम्बनको निर्णय?

हिमाल प्रेस ३ कार्तिक २०८३ ८:५८ | Tuesday, October 20, 2026
6
SHARES
पोर्चुगल फुटबल टोलीले किन गर्यो रोनाल्डोलाई यति धेरै जरिवाना र  ३० दिनको निलम्बनको निर्णय?

काठमाडौँ– पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल महासंघले ३० दिन निलम्बन गरेको छ। महासंघले उनलाई २५५ युरो जरिवाना पनि गरेको छ।

४१ वर्षीय रोनाल्डोले गत महिना युइएफए नेसन्स लिगका लागि पोर्चुगलको टोलीमा रहँदा प्रशिक्षकसँगको विवादपछि शिविर छाडेका थिए। नर्वेविरुद्धको खेलमा उनी बेन्चमै बसेका थिए। त्यसपछि अक्टोबर १ मा डेनमार्कविरुद्ध हुने खेलमा पनि आफू सुरुआती टोलीमा नपर्ने थाहा पाएपछि उनले टोली छाडेको बताइएको थियो।

रोनाल्डोले लामो वक्तव्य जारी गर्दै प्रशिक्षक जोर्गे जेसुसले दुईपटक आफ्नो वचन तोडेको आरोप लगाएका थिए। उनले यसलाई विश्वासको गम्भीर उल्लंघन भनेका थिए। जेसुसले भने रोनाल्डोसँग कुनै सम्झौता गरेको अस्वीकार गरेका छन्।पोर्चुगिज फुटबल महासंघको अनुशासन समितिले रोनाल्डोले वक्तव्यमा देखाएको पश्चात्ताप, फुटबलमा उनको योगदान र खेल उपलब्धिलाई ध्यानमा राखेर सजाय निर्धारण गरेको जनाएको छ। रोनाल्डोले आफ्नो बचाउका क्रममा व्यक्तिगत उपलब्धि र पुरस्कारसहितको विवरण पनि समितिलाई बुझाएका थिए।

रोनाल्डोले यसअघि आफ्नो व्यवहारको जिम्मेवारी स्वीकार गर्दै सहकर्मी र समर्थकसँग माफी मागेका थिए। उनले आफूले सजाय पाउनुपर्ने पनि बताएका थिए।

प्रकाशित: ३ कार्तिक २०८३ ८:५८ | Tuesday, October 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast