बलिउड अभिनेता टाइगर श्राफलक्षित गोली प्रहार, चालक घाइते

हिमाल प्रेस २ कार्तिक २०८३ ६:३९ | Monday, October 19, 2026
10
SHARES
बलिउड अभिनेता टाइगर श्राफलक्षित गोली प्रहार, चालक घाइते

बलिउडका चर्चित अभिनेता टाइगर श्राफ लक्षित गरी मुम्बईको जुहु क्षेत्रमा आइतबार साँझ गोली प्रहार भएको छ। मुम्बई प्रहरीका अनुसार जुहुको पुष्पा पार्क नजिकै गोली हानिएको हो।

मोटरसाइकलमा आएको तीन जनाको समूहले टाइगर श्राफको बीएमडब्लु गाडीलाई निशाना बनाएर तीन राउन्ड गोली चलाएका थिए। यस आक्रमणमा अभिनेता टाइगर श्राफ पूर्णरूपमा सुरक्षित रहेका जनाइएको छ।

यद्यपि, उनका गाडी चालकको हातमा गोली लागेको छ। आक्रमणका क्रममा एक अटो रिक्सा चालक पनि घाइते भएका छन्।

प्रारम्भिक जानकारी अनुसार टाइगर श्राफ जुहुको एक मैदानमा फुटबल म्याच खेलेर आफ्नो गाडीमा घरतर्फ फर्किरहेका थिए।

प्रकाशित: २ कार्तिक २०८३ ६:३९ | Monday, October 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast