फाइल तस्बिर।
काठमाडौँ– यो वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने मिति सरेको छ।
स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।
सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै आएको छ।
यो वर्ष कात्तिक २ र ३ गते दशैंको बिदा परेकाले पहिलो चरणको कार्यक्रम निर्धारित समयभन्दा पछि सञ्चालन गर्न लागेको विभागले जनाएको छ।
६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधी खुवाइनेछ।
प्रकाशित: १ कार्तिक २०८३ १३:४३ | Sunday, October 18, 2026
प्रतिक्रिया




