मोरोक्कोसँग रोकियो क्रोएसिया

हिमाल प्रेस ७ मंसिर २०७९ १८:०० | Wednesday, November 23, 2022
मोरोक्कोसँग रोकियो क्रोएसिया

काठमाडौँ- विश्वकप समूह चरणको खेलमा मोरोक्कोले क्रोएसियालाई बुधबार गोलरहित बराबरीमा रोकेको छ। कतारी सहर अल खोरको अल बेट रंगशालमा क्रोएसियालाई रोक्न उत्तर अफ्रिकी टिम मोरोक्कोको रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गरेको थियो।

युरोपको बलियो टिमलाई अफ्रिकी टिमले लगातार दोस्रो दिन बराबरीमा रोक्न सफल भएको हो। मंगलबार ट्युनिसियाले डेनमार्कलाई गोल गर्न दिएको थिएन।

सन् २०१८ को विश्वकप उपविजेता क्रोएसियाले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि तीन अंक बटुल्न सकेन। पहिलो हाफमा उसले गोलका केही सुन्दर अवसर गुमायो। निकोला भ्लासिकले छोटो दूरीबाट गरेका प्रहार मोरोक्कोका यासिन बौउनौले रोकेका थिए। कप्तान लुका मोड्रिचले गरेको शक्तिशाली प्रहार भने थोरैले पोस्टभन्दा माथि गएको थियो।

मोरोक्कोले पनि गोलका अवसर सिर्जना नगरेको होइन। तर उसका कुनै पनि प्रयासले क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचलाई अप्ठ्यारोमा पार्न सकेनन्।
यो समूहमा बेल्जियम र क्यानडा पनि छन्। जो बुधबार राति आमनेसामने हुँदैछन्।

प्रकाशित: ७ मंसिर २०७९ १८:०० | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast