काठमाडौँ- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आसन्न महाधिवेशनमा जन प्रतिनिधिहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने भएको छ।
देउवा समूहले पार्टीको तर्फबाट विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने भएको हो।
केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले कांग्रेस पार्टीको तर्फबाट निर्वाचित भएका पालिका/नगर/उपमहानगर/महानगरपालिका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य आ-आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने निर्णय भएको जानकारी दिएका छन्।
कांग्रेस देउवा समूहले आगामी मंसिरमा १५ औँ महाधिवेशन गर्ने तय गरेको छ।

प्रकाशित: २९ असोज २०८३ १५:३१ | Thursday, October 15, 2026
प्रतिक्रिया




