दसैँको भान्सालाई सहज र आरामदायी बनाउँदै एलिका

हिमाल प्रेस २९ असोज २०८३ १३:४२ | Thursday, October 15, 2026
4
SHARES
दसैँको भान्सालाई सहज र आरामदायी बनाउँदै एलिका

काठमाडौँ- दसैँ नजिकिँदै गर्दा नेपाली घरपरिवारमा भेटघाट, खानपान र उत्सवको रौनक बढ्न थालेको छ। चाडपर्वका बेला परिवारका सदस्य एकै ठाउँमा भेला भएर विभिन्न परिकार बनाउने र खुसी साटासाट गर्ने परम्परालाई लक्षित गर्दै एलिकाले स्वच्छ हावा र आरामदायी भान्साको सन्देशसहित दसैँको शुभकामना व्यक्त गरेको छ।

‘अ ब्रिथ अफ फ्रेसनेस’ अर्थात् ‘ताजगीको एक सास’ भन्ने अवधारणासहित एलिकाले भान्सालाई सहज र आरामदायी बनाउन सहयोग गर्ने चिम्नी प्रविधिलाई प्राथमिकता दिएको छ। कम्पनीका अनुसार एलिका चिम्नीले खाना पकाउँदा उत्पन्न हुने धुवाँ र गन्ध व्यवस्थापन गर्न सहयोग गर्छ।

एलिका चिम्नीमा ऊर्जा बचत, शक्तिशाली सक्सन, शान्त सञ्चालन, भोल्टेजको उतारचढावमा सहज सञ्चालन र आवश्यकताअनुसार गति समायोजन गर्न सकिने विशेषता रहेको कम्पनीले जनाएको छ। यसको फ्लेक्सी भोल्टेज प्रविधिले १४० देखि २७० भोल्टसम्मको दायरामा सञ्चालन गर्न सहयोग गर्ने जनाइएको छ। त्यस्तै, इन्टेली स्पिड प्रविधिले आवश्यकताअनुसार सक्सनको गति व्यवस्थापन गर्न मद्दत गर्छ।

कम्पनीले चिम्नीको मोटरमा १५ वर्षको वारेन्टीसमेत उपलब्ध गराएको जनाएको छ। यी विशेषतामार्फत भान्साको वातावरणलाई सहज बनाउनुका साथै दैनिक खाना पकाउने अनुभवलाई थप आरामदायी बनाउने लक्ष्य कम्पनीको छ।

दसैँका बेला परिवारका सदस्य र पाहुनाका लागि विभिन्न परिकार तयार पार्दा भान्सा बढी व्यस्त हुने गर्छ। यस्तो अवस्थामा धुवाँ र गन्ध व्यवस्थापन गर्नु पनि महत्त्वपूर्ण हुन्छ। एलिकाले ‘क्लिनर एयर, ह्याप्पियर मील्स, अ मोर ब्युटिफुल होम’ अर्थात् स्वच्छ हावा, खुसीमय खानपान र सुन्दर घरको अवधारणालाई अघि सारेको छ।

 

प्रकाशित: २९ असोज २०८३ १३:४२ | Thursday, October 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast