गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

हिमाल प्रेस २९ असोज २०८३ ६:३५ | Thursday, October 15, 2026
2
SHARE
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौँ– गृहमन्त्री सुदन गुरुङ तीनदिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन्।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँदिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) गृहमन्त्रिस्तरीय प्रथम बैठकमा सहभागी भएका थिए।

नयाँदिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। उनले बिम्स्टेक मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव गरेका थिए।

स्वदेश फर्कने क्रममा इन्दिरागान्धी अन्ताराष्ट्रिय विमानस्थलमा आज गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग संक्षिप्त भेटवार्ता भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। मन्त्री गुरुङ असोज २६ गते भारत भ्रमणमा गएका थिए।

 

प्रकाशित: २९ असोज २०८३ ६:३५ | Thursday, October 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast