उद्योगमन्त्री साह र चिनियाँ राजदूतबीच भेटवार्ता

हिमाल प्रेस २८ असोज २०८३ २०:२६ | Wednesday, October 14, 2026
उद्योगमन्त्री साह र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्।

बुधबार मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ।

छलफलमा दुई देशबीचको व्यापार तथा लगानी प्रवर्द्धन, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार, औद्योगिक विकास र आर्थिक साझेदारीका सम्भावनालाई अघि बढाउने विषयमा कुराकानी भएको थियो।

त्यसैगरी, उद्योग तथा पूर्वाधार क्षेत्रमा लगानीका अवसर पहिचान गर्ने, व्यापारिक सहकार्यलाई थप प्रभावकारी बनाउने र दुवै देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा सहकार्यको सम्भावनाबारे विचार आदानप्रदान भएको जनाइएको छ।

भेटवार्ताले नेपाल–चीनबीचको पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै आपसी हित र आर्थिक समृद्धिका क्षेत्रमा सहकार्य अघि बढाउने महत्त्वलाई उजागर गरेको सचिवालयको भनाइ छ।

प्रकाशित: २८ असोज २०८३ २०:२६ | Wednesday, October 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast