‘कबड्डी ५’मा काजीको विवाह नहुँदाको पीडा नै निरन्तर

हिमाल प्रेस २८ असोज २०८३ ९:२३ | Wednesday, October 14, 2026
4
SHARES
‘कबड्डी ५’मा काजीको विवाह नहुँदाको पीडा नै निरन्तर

काठमाडौँ- फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा काजीमा काजीको अविवाहित हुँदा पीडालाई निरन्तर दिइएको छ। जसमा वेरोजगार हुँदाको पीडा समेत काजीले भोगेको कथा देखाइएको छ।

विपीन कार्कीको भूमिका, बेरोजगारीबाट दिक्क भएर काजी, बीके र छन्त्यालले मुस्ताङमा सुरु गरेको होटेल, परिवार र साथीसँगको द्वन्द्व ट्रेलरमा देख्न सकिन्छ ।

भुल्न नसकेको प्रेम, व्यक्तिको व्यवहारलगायत ट्रेलरमा देख्न सकिन्छ ।

‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ कात्तिक ६ गतेबाट प्रदर्शनमा आउँदै छ । चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमालाई रामबाबु गुरुङले निर्देशन गरेका छन् ।

प्रकाशित: २८ असोज २०८३ ९:२३ | Wednesday, October 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast