पोखरामा जेनजीले सभापति थापासँग राखे यस्ता माग

हिमाल प्रेस २६ असोज २०८३ २०:३४ | Monday, October 12, 2026
20
SHARES
पोखरामा जेनजीले सभापति थापासँग राखे यस्ता माग

पोखरा- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापासँग पोखरामा सोमबार जेनजी समूहले विभिन्न माग राखेका छन्।

उनीहरुले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिनुपर्ने, राजनीतिक मुद्दा खारेजी तथा बन्दीहरूको रिहाइ गर्नुपर्ने, देशमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूको नेतृत्वमा भएको जेनजी आन्दोलनले सुशासन, जवाफदेहिता र नागरिक स्वतन्त्रताको माग राखेका हुन्।

कांग्रेसका अग्रज नेता, पूर्वमन्त्री तथा पूर्वसांसद प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिको शोकसभामा सहभागी हुन पार्टीका नवनिर्वाचित सभापति थापा पोखरा आएका थिए।

जेनजी युवाले आन्दोलनको लामो समय बितिसक्दा पनि सहभागी युवाहरूमाथि मुद्दा कायम रहनु, कतिपय पुर्पक्षका लागि थुनामा हुनु र सरकारसँग भएका सहमति कार्यान्वयन नहुनु गम्भीर चिन्ताको विषय बनेको बताए।

पुर्पक्षका लागि थुनामा रहेका आन्दोलनकारीलाई यथाशीघ्र स–सम्मान रिहाइ, प्रतिशोध अन्त्य, आन्दोलनकारीमाथि हुने कुनै पनि प्रकारको राजनीतिक प्रतिशोध र कानूनी दबाबको अन्त्य र सहमति कार्यान्वयन, सरकार र आन्दोलनकारी पक्षबीचका १० बुँदे सहमतिको पूर्ण र समयबद्ध कार्यान्वयन गर्न माग राखे।

आन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोग र दमनको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नसमेत उनीहरुले आग्रह गरेका छन्।

राहत तथा पुनःस्थापना प्रभावित युवा तथा तिनका परिवारका लागि विशेष राहत, स्वास्थ्य, शिक्षा र रोजगार पुनस्र्थापना कार्यक्रम ल्याउनुपर्ने, नेपाली कांग्रेसले सुशासन र नयाँ पुस्ताको आवाजलाई प्राथमिकता दिँदै आएको सन्दर्भमा यी न्यायपूर्ण माग संसद् र सरकारसमक्ष सशक्त रूपमा उठाउनसमेत सभापति थापासँग आग्रह गरे।

प्रकाशित: २६ असोज २०८३ २०:३४ | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast