काठमाडौँ- सरकारले उखु किसानलाई रु एक अर्ब ५० करोड अनुदान प्रदान गर्ने भएको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदानसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गरेकी हुन्।
अनुदान रकम बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरका किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ। सरकारले वार्षिक रूपमा उखु किसानलाई अनुदानस्वरुप प्रति क्विन्टल रु ७० प्रदान गर्दै आएको छ।
प्रकाशित: २३ असोज २०८३ १०:२७ | Friday, October 9, 2026
प्रतिक्रिया



