कञ्चनपुर २ को प्रदेशसभामा भाट र थापा निर्वाचित

हिमाल प्रेस ७ मंसिर २०७९ १६:४४ | Wednesday, November 23, 2022
कञ्चनपुर २ को प्रदेशसभामा भाट र थापा निर्वाचित कांग्रेसका बहादुरसिंह थापा र माओवादीका ओमविक्रम भाट (सरल)।

धनगढी- कञ्चनपुर क्षेत्र नम्बर २ को प्रदेशसभामा माओवादी केन्द्र र कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

कञ्चनपुर २ (ख) मा कांग्रेसका बहादुरसिंह थापा विजयी भएका हुन्। थापाले एमाले उम्मेदवार कृपाराम रानालाई १ हजार ७२६ मतले पछि पार्दै जित निकालेका हुन्।
थापाले १० हजार ६६८ मत प्राप्त गरे। प्रतिस्पर्धी रानाले ८ हजार ९४२ मत पाए।

त्यस्तै २ (क) मा माओवादीका उम्मेदवार ओमविक्रम भाट (सरल) विजयी भएका छन्। भाटले एमाले उम्मेदवार वचनबहादुर सिंहलाई ४७५ मतले पछि पार्दै जित निकालेका हुन्।

भाटले १० हजार ९२५ मत प्राप्त गरे। प्रतिस्पर्धी सिंहले १० हजार ४५० मत पाए।

प्रकाशित: ७ मंसिर २०७९ १६:४४ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast