मामाअर्थ नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २१ लाख रुपैयाँ सहयोग

हिमाल प्रेस २१ भदौ २०८३ १७:१२ | Sunday, September 6, 2026
मामाअर्थ नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २१ लाख रुपैयाँ सहयोग

काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको राहत तथा पुनर्स्थापनाका लागि मामाअर्थ नेपालले २१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीले उक्त सहयोग रकम अर्थमन्त्री स्वार्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको हो।

बाढीका कारण ठूलो जनधनको क्षति भई पीडामा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मद्दत पुर्‍याउने उद्देश्यले यो कदम चालिएको कम्पनीले जनाएको छ।

विपद्को यो कठिन घडीमा आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै पीडित परिवारका लागि सानो भए पनि आशा र भरोसाको दीप बाल्न सहयोग गरिएको मामाअर्थ नेपालले जनाएको छ।

प्रकाशित: २१ भदौ २०८३ १७:१२ | Sunday, September 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast