त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो

हिमाल प्रेस २१ भदौ २०८३ १२:५७ | Sunday, September 6, 2026
त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ जनाको जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज ल्याइएको छ।

अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा.गोपाल चौधरीले बाढीमा परेर ज्यान गएकामध्ये २४४ शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिए।

अस्पतालमा ल्याइएका २४४ शवमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ। यस्तै, २४ शवको पहिचान भएकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको डा.चौधरीले बताए।

यस्तै, हाल ५९ शवहरू अस्पतालमै रहेका छन्। केही शवहरुको पोस्टमार्टम गर्न बाँकी रहेकाले पोस्टमार्टमपछि उक्त शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।

प्रकाशित: २१ भदौ २०८३ १२:५७ | Sunday, September 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast