भोटेकोशी बाढीको दु:खद् समय भन्दै रचना रिमालले रद्द गरिन् अस्ट्रेलियाका कार्यक्रम

हिमाल प्रेस १८ भदौ २०८३ ६:२५ | Thursday, September 3, 2026
भोटेकोशी बाढीको दु:खद् समय भन्दै रचना रिमालले रद्द गरिन् अस्ट्रेलियाका कार्यक्रम

काठमाडौँ- गायिका रचना रिमालले अस्ट्रेलियाका विभिन्न सहरमा आयोजना हुने भनिएका आफ्ना सबै सांगीतिक कार्यक्रम रद्द गरेकी छन्।

नेपालमा हालै आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएकाले शोकको समयमा उत्सव मनाउनु उचित नहुने भन्दै रिमाल र आयोजकहरूले कार्यक्रम रद्द गर्ने निर्णय गरेका हुन्। एनआरएनए अस्ट्रेलियाको आयोजनामा तीजको अवसरमा अस्ट्रेलियाका विभिन्न सहरमा करिब १० वटा कार्यक्रम गर्ने तयारी थियो। कार्यक्रम रद्द गर्दै रिमालले आफू यथाशीघ्र नेपाल फर्किन लागेको बताएकी छन्।

उनले विपत्तिमा परेका नागरिकको शीघ्र उद्धार र पीडित परिवारले राहत पाऊन् भन्ने कामना पनि गरेकी छन्। यसअघि उनले अस्ट्रेलियाबाटै बाढी पीडितलाई आर्थिक सहयोग गरेकी थिइन् ।

प्रकाशित: १८ भदौ २०८३ ६:२५ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast