काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार गरेर महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा ल्याइएकामध्ये २७ जनाको उपचार भइरहेको छ।
अस्पतालका प्रवक्ता डा.गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ६७ बिरामीमध्ये २७ जनाको उपचार भइरहेको जानकारी दिए।
उपचार भइरहेका बिरामीमध्ये तीन जनाको सघन उपचार कक्ष (आईसियू) र दुई जनाको हाइकेयर (विशेष निगरानी) मा राखेर उपचार भइरहेको छ।
अस्पतालमा ल्याइएकामध्ये एक घाइतेको उपचारका क्रममा मृत्यु भएको जनाउँदै डा.सेढाईंले मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका बताए।
उनका अनुसार हालसम्म अस्पतालमा ल्याइएका बिरामीमध्ये ३९ जना डिस्चार्ज भइसकेका छन्।
प्रकाशित: १६ भदौ २०८३ १६:०८ | Tuesday, September 1, 2026
प्रतिक्रिया


