भोटेकोशी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनद्वारा १ करोड सहयोग

हिमाल प्रेस १६ भदौ २०८३ १४:५१ | Tuesday, September 1, 2026
भोटेकोशी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनद्वारा १ करोड सहयोग

काठमाडौँ- एनसेल आजियाटा लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीले सरकारको आह्वानमा रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका बाढी प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।

एनसेलले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।  बेपत्ता तथा प्रभावितहरूको शीघ्र उद्धार र राहत व्यवस्थापनको कामना गरेको छ।

विपद्को कठिन घडीमा प्रभावित समुदायलाई सञ्चार सेवामार्फत पनि सहयोग गर्दै आएको एनसेलले बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना ग्राहकलाई हिजोदेखि लागू हुने गरी तीन दिनका लागि निःशुल्क भ्वाइस सेवा, डेटा सेवा र १०० वटा एसएमएस उपलब्ध गराएको जनाएको छ।

कम्पनीका अनुसार यस सुविधाले प्रभावित नागरिकलाई आफ्ना परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १६ भदौ २०८३ १४:५१ | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast