रसुवा बाढीपीडितका लागि नेपाल लिकर्सले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख सहयोग

हिमाल प्रेस १६ भदौ २०८३ १४:२० | Tuesday, September 1, 2026
रसुवा बाढीपीडितका लागि नेपाल लिकर्सले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख सहयोग

काठमाडौँ- अन्तर्राष्ट्रिय ब्रान्ड सिग्नेचर विस्की र स्मिरनोफ भोड्काको उत्पादक नेपाल लिकर्स प्रालिले रसुवा र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले विज्ञप्ति जारी गर्दै कम्पनी र यहाँ कार्यरत कर्मचारीहरूको तर्फबाट रु. १,०१,००,००० सहयोग प्रदान गरिएको जनाएको हो।

नेपाल लिकर्सले रसुवा र आसपासका क्षेत्रमा बाढीबाट प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै प्राकृतिक विपत्तिले पुर्‍याएको अपूरणीय क्षति र पीडाको अगाडि यो सहयोग सानो प्रयास मात्र भएको उल्लेख गरेको छ।

कम्पनीले सबैको स-साना सहयोग र सहकार्यले नै पुनर्निर्माणको ढोका खुल्ने विश्वास व्यक्त गर्दै प्रभावित क्षेत्रमा खटिएका सरकारी निकाय, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूको कार्यप्रति सम्मान प्रकट गरेको छ।

विपद्को यस कठिन घडीमा आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्न सम्पूर्ण नागरिक तथा संघसंस्थालाई पनि कम्पनीले आग्रह गरेको छ।

प्रकाशित: १६ भदौ २०८३ १४:२० | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast