अपोलो अस्पतालद्वारा काठमाडौँमा प्लास्टिक सर्जरी, रोबोटिक्स र एआई प्रविधिबारे जानकारी

हिमाल प्रेस ३० साउन २०८३ २१:४२ | Saturday, August 15, 2026
10
SHARES
अपोलो अस्पतालद्वारा काठमाडौँमा प्लास्टिक सर्जरी, रोबोटिक्स र एआई प्रविधिबारे जानकारी

काठमाडौँ- दिल्लीस्थित अपोलो हस्पिटलले प्लास्टिक सर्वजरीको बदलिँदो स्वरुप र क्लिनिकल हेरचाहमा रोबोटिक्स तथा आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो भूमिकाबारे जानकारी गराएको छ।

दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालका प्लास्टिक सर्जरी विभागका वरिष्ठ परामर्शदाता डा.कुलदीप सिंह र जनरल सर्जरी विभागका वरिष्ठ परामर्शदाता डा.अरुण प्रसादले शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यी विषयमा जानकारी गराएका हुन्।

डा. सिंहका अनुसार आधुनिक प्लास्टिक सर्जरी आघात तथा क्यान्सरपछिको पुनर्संरचनात्मक प्रक्रिया, जन्मजात समस्याको उपचार र मानसिक स्वास्थ्य सहयोगमा फराकिलो बनेको छ। माइक्रोसर्जरी र थ्रीडी सर्जिकल योजनाले उपचारको परिणाममा ठूलो सुधार ल्याएको उनले बताए।

विशेषगरी जलनका घटनाहरुमा ६० देखि ७० प्रतिशत भाग जलेका बिरामीहरुलाई पनि समयमै उपचार गर्न सकिए बचाउन सकिने उनको भनाइ छ।

जनरल सर्जरी विभागका वरिष्ठ परामर्शदाता डा.अरुण प्रसादले शल्यक्रिया कक्ष र रोग निदानमा रोबोटिक प्रविधि र एआईको एकीकरण भइसकेको बताए।

रोबोटिक प्रणालीले शल्यचिकित्सकहरुलाई उच्च स्तरको नियन्त्रण र सटीकता प्रदान गर्ने हुँदा शल्यक्रियाको जोखिम घट्नका साथै बिरामीको स्वास्थ्य लाभको अवधि छाटो हुने उनको भनाइ छ।

नेपालका बिरामीहरुका लागि अपोलोमा अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञ उपचार सेवा उपलब्ध रहेको र यसले बिरामीको पहुँचलाई थप सहज बनाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

प्रकाशित: ३० साउन २०८३ २१:४२ | Saturday, August 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast