सिरी ए : नापोलीले कायम गर्‍यो १६ अंकको अग्रता

हिमाल प्रेस २२ माघ २०७९ २०:०५
8
SHARES
सिरी ए : नापोलीले कायम गर्‍यो १६ अंकको अग्रता

काठमाडौँ- भिक्टर ओसिमेनले दुई गोल गरेपछि नापोलीले आइतबार साँझ स्पेजियालाई ३–० ले पराजित गरेको छ। यो जितसँगै नापोलीले इन्टर मिलानसँगको दूरी १६ अंकमा पुर्‍यायो। नापोलीले २१ खेलबाट ५६ अंक जम्मा गरेको छ भने इन्टरको २० खेलबाट ४० अंक छ।

स्पेजियाको मैदानमा भिचा काभारसेलियाको पेनाल्टी गोलमार्फत नापोलीले अग्रता लिएको थियो। दोसा्रे हाफको ६८ र ७३ औँ मिनेटमा भने नाइजेरियन स्ट्राइकर ओसिमेन गोल गरे।

जर्जियाका काभारसेलिया यो सिजन नापोलीका लागि महत्त्वपूर्ण साबित भइरहेका छन्। विंग तथा अट्याकिङ मिडफिल्डबाट खेल्ने २१ वर्षीय काभारसेलियाले १७ खेलमा आठ गोल गरिसकेका छन्। उता ओसिमेनका नाममा भने १६ गोल जम्मा भएको छ।

आइतबार नै भएको अर्को खेलमा सासुओलोले एटलान्टालाई १–० ले स्तब्ध बनायो। एक घण्टाभन्दा बढी समय १० खेलाडीमा सीमित भएको एटलान्टाविरुद्ध सासुओलोलाई जित दिलाउन अर्मान्ड लाउरिएन्टेले गोल गरेका थिए।

जितपछि सासुओलो २१ खेलबाट २३ अंक बटुल्दै १५ औँ स्थानमा छ। एटलान्टा भने ३८ अंकसहित छैटौँ स्थानमा छ।

प्रकाशित: २२ माघ २०७९ २०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =