११ सडक छन् अवरुद्ध, यात्रा गर्दा सचेत रहन आग्रह

हिमाल प्रेस ७ साउन २०८३ ७:२७ | Thursday, July 23, 2026
10
SHARES
११ सडक छन् अवरुद्ध, यात्रा गर्दा सचेत रहन आग्रह

काठमाडौँ- वर्षासँगै बाढीपहिरो जाँदा देशका विभिन्न स्थानका ११ ठाउँमा आज पनि प्रमुख राजमार्ग अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका हुन्।

इलाममा मेची राजमार्ग, खोटाङमा मध्यपहाडी राजमार्ग, सिन्धुली र काभ्रेमा बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, मकवानपुरमा कान्तिलोकपथ, दोलखामा लामासाघु रामेछाप राजमार्ग, बागलुङमा कालीगण्डकी करिडोर, लमजुङमा बेसीँशहर मनाङ सडक, म्याग्दीमा बेनी जोमोम सडक र रुकुम पश्चिममा भेरी करिडोर जाजरकोट डोल्पा सडकमा आज बाढी र पहिरोले पूर्णरुपमा अवरुद्ध भएका हुन्।

त्यसैगरी भोजपुरमा मध्यपहाडी राजमार्ग र डडेल्धुरामा केआई सिंह राजमार्ग बाढीपहिरोको कारण आज एकतर्फी भएका छन्।

प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको जनाएको छ। सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न पनि प्रहरीले आग्रह गरेको छ।

प्रकाशित: ७ साउन २०८३ ७:२७ | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast